मधेस प्रदेश भ्रमणमा प्रधानमन्त्री ओली, आज धनुषा र महोत्तरी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन्। प्रधानमन्त्री ओली धनुषा र महोत्तरीमा विभिन्न कार्यक्रममा सहभागी हुन् शुक्रबार दिउँसो साढे ११ बजेतिर त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र बाटो शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यसैगरी प्रधानमन्त्री ‌ओलीले महोत्तरी पुगेर सडक शिलान्यास गर्ने कार्यक्रम छ।

दुवै जिल्लाका कार्यक्रम सकेर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *