सर्लाहीमा मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहको गोली प्रहार

काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेस प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घाइते हुनेमा हरिपुर्वा नगरपालिका–६ का शिक्षक अन्दाजी ५० वर्षीय रामपुकार यादव रहेको छन् ।

घाइते यादवलाई उपचारार्थ महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल लगिएको छ ।

मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा दुर्घटनामा परेको बुझिएको प्रहरीले जनाएको छ ।

घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । अज्ञात समूहको खोजीकार्य भइरहेको मधेस प्रदेशका डीआईजी चतुर्वेदीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *