भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै, द्विपक्षीय सम्बन्ध अघि बढ्ने विश्वास

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्। नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन्।

मिस्रीले भदौ १–२ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल–भारतबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको भारतीय राजदूतावासले जनाएको छ।

भारतले आफ्नो छिमेकी नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको राजदूतावासको भनाइ छ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने राजदूतावासले जनाएको छ। भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ्ने राजदूतावासको विश्वास छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *