बन्दी छोराको पर्खाइमा दुई वर्ष: ‘खुसी, भोक, निद्रा सबै खोसियो’
काठमाडौं । “दुई वर्ष भयो, छोरा कहाँ र कस्तो अवस्थामा छ, केही थाहा छैन,” हमासले इजरायलबाट बन्धक बनाएका विपिन जोशीका बुवा महानन्द जोशीले यो भन्दै गर्दा उनको आवाजमा पीडा छचल्किएको थियो। धनगढीमा आयोजित एक कार्यक्रममा उनले छोरा विपिन बन्धक बनेपछि आफ्नो परिवारको खुसी, भोक र निद्रा सबै हराएको बताए।
उनले सरकारले पहल गरिरहेको भने पनि आफूलाई सन्तोषजनक जवाफ नदिएकोमा गुनासो गरे। विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। २०२३ को अक्टोबर ७ मा हमासले उनलाई बन्धक बनाएको थियो। हालै विपिनकी आमा र बहिनीलाई इजरायली सरकारले नै बोलाएपछि उनीहरू त्यसतर्फ गएका छन्। यसले विपिनका परिवारमा आशाको सानो किरण पलाएको छ, तर बन्धक जीवनको अनिश्चितताले उनीहरूको मनमा ठूलो चिन्ताको भार थपिएको छ।
Facebook Comment