आतंकवाद र कानुन उल्लङ्घनको कारण देखाउँदै अमेरिका गर्‍यो ६ हजार विद्यार्थीको भिसा रद्द

काठमाडौं । अमेरिकी विदेश विभागले तोकिएको अवधिभन्दा बढी बस्ने, कानुन उल्लङ्घन गर्ने तथा आपराधिक गतिविधिमा संलग्न भएको भन्दै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार, भिसा रद्द हुनेमध्ये धेरैजसो विद्यार्थीमाथि मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरीजस्ता मुद्दा देखिएका छन् भने केही विद्यार्थीहरू आतंकवादसम्बन्धी गतिविधि वा त्यसको समर्थनमा संलग्न भएको आशंका गरिएको छ।

यो कदम तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको हिस्सा हो, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत कारबाहीको दायरामा ल्याएको छ। यद्यपि, आतंकवाद समर्थनसम्बन्धी आरोपबारे भने मन्त्रालयले विस्तृत प्रष्टिकरण दिएको छैन।

रिपोर्टअनुसार, प्यालेस्टाइन समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीलाई पनि कारबाही गरिएको छ, जसमा उनीहरूलाई यहूदीविरोधी व्यवहार गरेको आरोप लागेको छ।

विदेश मन्त्रालयले जनाएको छ कि ६ हजारभन्दा बढी भिसामध्ये करिब ४ हजार कानुन उल्लङ्घनका कारण रद्द गरिएका हुन् भने आईएनए ३(बी) अन्तर्गत आतंकवादसम्बन्धी मुद्दामा २०० देखि ३०० भिसा खारेज गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *