एमालेद्वारा आकस्मिक संसदीय दलको बैठक आह्वान
काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ।
एमाले सांसद सूर्य थापाका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान साढे १० बजे बस्नेछ। तर, यस बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन।
प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) बस्दैछ। त्यसको पूर्वसन्ध्यामा एमालेले आकस्मिक बैठक बोलाएको विषयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
Facebook Comment