बहुप्रतिक्षित नेपाली चलचित्र ‘माग्ने राजा’को टिकट बुकिङ खुला

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘माग्ने राजा’को बुकिङ खुला भएको छ । निर्माणको घोषणासँगै चर्चामा रहेको यो फिल्म अहिले आम मानिस र सामाजिक सञ्जालको ‘हट केक’ अर्थात अधिक चर्चामा छ । त्यसमा पनि फिल्मको बुकिङ खुला भएपछि अर्को चर्चा चुलिएको छ ।

खल्ती एपसँगको साझेदारीमा अनलाइनबाट टिकट बुकिङ गर्न सकिने छ । जसको लागि यो लिंकमा क्लीक गरेर भित्र छिर्न सक्नुहुनेछ ।

फस्टलुक, टिजर र गीत सार्वजनिक भएपछि दर्शकको ध्यान तानिरहेको यो फिल्मलाई हिन्दू महिलाको महान पर्व तीज नजिक रिजिल गरेर तीजमा सबै हास्ने माहौल बनाउने लक्ष्य निर्माताको छ ।

यतिबेला सामाजिक सञ्जाल फेसबुक, टिकटक तथा युट्यूबका कन्टेनमा सर्वाधिक रुचाइएको माग्ने राजासँग जोडिएका क्लीपकै कारण पनि दर्शकले विगतमा सहायक भूमिकामा देखिएका माग्ने बुढा (केदार घिमिरे)लाई लिड रोलमा हेर्ने चाहाना राखेका छन् ।

ऋषि लामिछाने निर्देशित यो फिल्मको निर्मातामा मुनाल घिमिरे छन् । यो फिल्ममा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायतको अभिनय छ । फिल्ममा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् ।

फिल्मको टिजर र गीतसंगीतले दर्शकको उच्च साथ पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । एक महिनाको अवधिमा फिल्मको टिजर पनि १३ लाखभन्दा बढीले हेरेका छन् ।

त्यस्तै सुतेर उठेको पैसामा बोलको गीत पनि उत्तिकै रुचाइएको छ । यो गीत युट्यूबमामात्र ३९ लाखले हेरेका छन् । गीतमा दर्शकले गरेको कमेन्टमा गीतले नयाँ क्षितिज देखाएको र जसरी पनि फिल्म हेर्ने तर्क उल्लेख गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *