खुल्यो ‘माग्ने राजा’को बुकिङ, लिनुभयो टिकट ?

काठमाडौं । भदौको ६ गतेदेखि रिलिज हुने प्रतिक्षित फिल्म ‘माग्ने राजा’को बुकिङ खुलेको छ । क्यूएफएक्स चेन, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले फिल्मको बुकिङ खुलाएका हुन।

यसैबीच यो फिल्मको टिम आज चावहिलको चुच्चेपाटी स्थित मनास्लु वल्ड कलेजमा पुगेको छ । फिल्मका मुख्य कलाकार केदारप्रसाद घिमिरे, नायिका वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने लगायतको टिम कलेज पुगेको हो । उनीहरुले कलेजका विद्यार्थीसँग फिल्मको गीतमा नृत्य गरे ।

यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकामा १८ शोज दिएको छ । यो सुखद शोज हो । यस्तै, एफक्यूबले ४ शोज दिएको छ ।

फिल्मलाई वान सिनेमाज् नयाँ बाँनेश्वरले ६ शोज दिएको छ । यस्तै, बीएसआर मुभिजले ४ शोज, पाथिभरा सिनेप्लाजा विर्तामोडले ३ शोज, वान सिनेमाज् कालिमाटीले ५ शोज, सीडीसी सिनेमाजले ४ शोज उपलब्ध गराएका छन् । अझै, केही हलमा फिल्मको बुकिङ खुल्न बाँकी छ ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । फिल्मलाई हलले उपलब्ध गराएको शोजलाई हेर्ने हो भने, यो फिल्मप्रति प्रदर्शकहरु निकै उत्साहित र आशावादी रहेको देखिन्छ । दर्शकले खल्ती एप्समा गएर टिकट काट्न सक्नेछन् ।

टिकट लिन यहाँ भएको लिंक प्रयोग गर्न सक्नुहुनेछ । 




Leave a Reply

Your email address will not be published. Required fields are marked *