नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो, आवागमन ठप्प

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डमा शनिबार बिहान पहिरो खस्दा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा बिहान करिब ६:३५ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी र सडक डिभिजन कार्यालय भरतपुरको टोलीले पहिरो हटाउने कार्य सुरु गरिसकेको भए पनि बाटो खुल्न केही घण्टा लाग्ने अनुमान गरिएको छ।

यो स्थानमा पटक–पटक पहिरो खस्ने भएकाले यात्रुहरू निरन्तर समस्यामा पर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *