करेन्ट लगाएर माछा मार्ने प्रयास गर्दा युवकको ज्यान गयो
काठमाडौं । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
कनकाई नगरपालिका–१, खहरे खोलाका ३७ वर्षीय पङ्कज माझीको करेन्ट लागेर ज्यान गएको हो। बिहान करिब ८:३० बजे बिजुलीको खम्बामा तार जोडेर माछा मार्न खोज्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।
Facebook Comment