चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जना सङ्क्रमित

काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार उनलाई भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो र उनी छारे रोगबाट पनि पीडित थिइन्।

यसैबीच, चितवनमा ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार विभिन्न अस्पतालमा उपचारका लागि आएका १,५३० जनाको परीक्षण गर्दा ७३ जनामा यो रोग देखिएको हो। सङ्क्रमितमध्ये ५८ जना चितवन जिल्लाकै हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *