देशभरका अधिकांश हलमा हाउस फूल भएर चल्दैछ ‘माग्ने राजा’, तपाईं हेर्न कति बेला जाने ?
काठमाडौं । यति बेला नेपाली चलचित्र क्षेत्रमा ‘माग्ने राजा’ले दर्शकलाई आफूमा केन्द्रित गरिरहेको छ । भदौ ६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको माग्ने राजाले दोस्रो दिन शनिबार देशभरका अधिकांश हलमा हाउस फूल बनेर चलिरहेको छ ।
एक त शनिबार छुट्टीको दिन कार्यालय बिदा भएका दर्शक हल पुगेका छन् भने, प्रदर्शनको पहिलो दिनको रिभ्यू सुनेपछि आज दर्शक थपिएको आँकलन गर्न सकिन्छ । हुन पनि माग्ने राजाले हल पुगेका दर्शकलाई हसाइँ नै रहेको छ ।
फिल्म निर्माण पक्षले अब हास्नेछ नेपाल भन्दै आज पाँच बजेसम्म अधिकांश हल फूल भएको विवरणसहितका स्टाटस सार्वजनिक गरेको छ । दर्शकलाई धन्यवाद दिँदै माग्ने राजा टीमले भनेको छ, ‘धन्यवाद भगवान रुपी दर्शकहरु । सॅाझ र रात्री सोहरुको अपडेट केही समयमा ।’
हिजो दर्शकसँग खुसी साट्न हल पुगेका निर्देशक ऋषि लामिछानेले आफ्नो मेहनत र कामलाई हेर्दिन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘मैले मेरो काम गरेर देखाइसकेको छु, अब तपाईंहरूको पालो हो। हलमा पुगेर आफ्नो फिल्मझैँ अनुभव दिनुहोस्। तपाईंहरूको एउटा टिकट, एउटा प्रतिक्रिया नै मेरो लागि संसार बराबर हुनेछ।’
लामिछानको आग्रह झै दर्शकले पनि यो चलचित्रलाई माया गरेका छन् । रिलिजअघि नै फिल्मले उत्साहजनक प्रतिक्रिया पाइसकेको टिजर र ट्रेलरले लाखौं भ्यूज बटुलेका छन् । चर्चित गीत ‘म त सुतेर उठेको पैसामा’ भाइरल नै भएको छ । अनलाइनमा आएका प्रतिक्रियामा पनि दर्शकले भनेका छन्, ‘माग्ने राजा’ केवल हाँसाउने फिल्म होइन, जीवन देखाउने र सोच्न बाध्य बनाउने फिल्म हो। युवापुस्ताबाट विशेष प्रतिक्रिया आएको छ,‘यो हाम्रो पुस्ताले हलमा पुगेर हेरिहाल्नुपर्ने मुभी हो।’
उनीहरूले भनेका छन्, ‘हास्दै-हास्दै आँसु झार्ने कथा हो यो, जसमा आम नेपालीको वास्तविक जीवन झल्किन्छ।’ ‘केदार घिमिरेलाई यस्तो गहिरो भूमिकामा देख्दा गर्व लाग्छ, फिल्म हलमा पुगेर हेर्नैपर्छ,’ हलबाट बाहिरिएका दर्शकले भनेका छन् ।
‘माग्ने राजा’ अहिले देशभरका हलमा हाउसफूल भएर चलिरहेको छ । युवादेखि परिवारसम्म सबैका लागि हेर्नैपर्ने चलचित्रका रूपमा यसको चर्चा भइरहेको छ। जसरी ट्रेलरमा दर्शकले माया दिए, त्यसरी नै हलसम्म पुगेर साथ दिए यो फिल्म पर्दामा मात्र होइन, हरेक दर्शकको हृदयमा अमर बन्नेछ।
Facebook Comment