कवाड व्यवसायीको काठमाडौं महानगर घेराउ, पाँच सूत्रीय मागसहित आन्दोलन
काठमाडौं । कवाड व्यवसायीहरू विभिन्न पाँचबुँदे मागसहित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफ्नो पेशा व्यवसाय गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
काठमाडौं महानगरपालिकाद्वारा कवाड व्यवसायी, संकलक तथा मजदुरहरूमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तुरुन्तै रोक्नुपर्ने भन्दै उनीहरूले विरोध जनाएका छन्। साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने माग पनि राखिएको छ।
सोमबार काठमाडौंको कमलादीस्थित काठमाडौं महानगर कार्यालयअगाडि उनीहरूले नाराबाजीसहित धर्ना दिएका थिए।
कवाड व्यवसायीहरूका अनुसार, विगत दुई वर्षमा महानगर प्रहरीको कारबाहीका कारण उनीहरूलाई ठूलो क्षति पुगेको भन्दै त्यसको क्षतिपूर्ति माग गरिएको छ। यस्तै, व्यवसायी, संकलक तथा मजदुरहरूको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकार स्वयंले तत्काल हस्तक्षेप गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।
Facebook Comment