कैलाली कारागारमा थुनुवाको रहस्यमय मृत्यु
काठमाडौं । कैलाली कारागारमा थुनामा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। टीकापुर नगरपालिका–४ निवासी ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो निधन भएको कारागार प्रशासनले जानकारी दिएको छ।
कारागारमा टाउको दुख्ने र रिंगटा लाग्ने गुनासो गरेपछि चौधरीलाई तत्काल धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कारागार प्रमुख प्रकाश ढुङ्गानाका अनुसार चौधरीको मृत्युको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। चौधरी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
Facebook Comment