चीनको सैन्य परेडमा किम जोङ उनको सहभागिता, पुटिनसँग संयुक्त उपस्थिति

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीनमा आगामी सेप्टेम्बर ३ तारिख हुने सैन्य परेडमा सहभागी हुने भएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने सो परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ देशका राष्ट्र वा सरकार प्रमुख सहभागी हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानविरुद्धको विजय दिवसको रूपमा चिनिने परेडमा किम जोङ उन र पुटिन एकै मञ्चमा देखिने तयारी गरिएको छ। यता, युक्रेनमाथि रुसले गरिरहेको आक्रमणका कारण अमेरिका र उसका प्रमुख सहयोगी राष्ट्रहरूले भने परेडमा सहभागी नहुने जनाएका छन्।

उत्तर कोरियालाई “परम्परागत मैत्रीपूर्ण छिमेकी” बताउँदै चीनले किमको सहभागितामा स्वागत व्यक्त गरेको छ। विश्लेषकहरूका अनुसार पछिल्लो समय रुससँगको सम्बन्ध सुदृढ बनाएका किम चीनसँग पनि सम्बन्ध विस्तार गर्ने रणनीतिमा छन्।

किमले सन् २०२३ मा अन्तिमपटक विदेश भ्रमण गरेका थिए। यस वर्षको जुन महिनामा उनले प्योङयाङमा पुटिनसँग आपसी रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए।

सैन्य परेडमा चीनले आफ्ना अत्याधुनिक हतियार र प्रविधिहरू प्रदर्शन गर्ने तयारी गरेको छ। कार्यक्रममा सयौँ सैन्य विमान, ट्याङ्क तथा एन्टी–ड्रोन प्रणाली समावेश हुने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *