तारकेश्वर र खोकनामा चोरी, ११ लाखभन्दा बढीको धनमाल हरायो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० र ललितपुरको खोकनामा भएका छुट्टाछुट्टै चोरी घटनामा करिब ११ लाख रुपैयाँभन्दा बढीको धनमाल हराएको छ।

तारकेश्वर–१० मा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका गरगहना र नगदसहित करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। चोरी बुधबार राति भएको हो।

मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उक्तै दिन ललितपुर महानगरपालिका–२५ खोकनास्थित मोहनकृष्ण महर्जनको पसलबाट पनि २ लाख रुपैयाँ नगद चोरी भएको छ। खोकना दोबाटोमा रहेको पसलबाट दिउँसो चोरी भएको जनाइएको छ।

दुबै घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *