“भवन भत्किँदा जन्मदिन समारोहमै भीषण दुर्घटना, १५ को ज्यान गयो”

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित पालघर जिल्लाको विरार क्षेत्रमा एक आवासीय भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीका अनुसार घटना बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा भएको हो। करिब चारतल्ले रहेको सो भवनको एक भाग अचानक ढल्दा १२ वटा फ्ल्याट पूर्ण रूपमा क्षति पुगेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार भवनको चौथो तलामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै थियो। सो अवसरमा आएका पाहुना र स्थानीय बासिन्दाहरू अचानक भत्किएको भवनको भग्नावशेषमा परेका थिए।

उद्धार कार्य जारी रहँदा बिहीबार थप तीन जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १५ पुगेको पालघरकी जिल्ला प्रमुख (कलेक्टर) डा. इन्दु रानी जाखरले पुष्टि गरेकी छिन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *