सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३६ सय पुगेको छ। आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३ हजार ६ सय पुगेको नेपाल सुन -चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६ सय पुगेको थियो।
सुनको भाउ वृद्धि भएसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *