आज राति प्रिमियर लिगमा चार खेल हुँदै

काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् ।

नेपाली समयअनुसार आज बेलुकी पौने ७ बजे दुई खेल हुनेछन् । पहिलो खेल ब्राइटन र म्यानचेस्टर सिटीबीच हुनेछ भने दोस्रो खेल नटिङ्घम फरेस्ट र वेस्ट ह्यामबीच हुनेछ ।

यस्तै, आज राति ९:१५ बजे लिभरपुल र आर्सनल आमनेसामने हुँदैछन् । आजको अन्तिम खेल राति ११:४५ बजे एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच हुनेछ ।

गएराति भएका खेलमा चेल्सीले फुलहमलाई, एभर्टनले उल्भ्सलाई, बर्नमाउथले टोटनहमलाई, म्यानचेस्टर युनाइटेडले बर्नलीलाई र सन्डरल्यान्डले ब्रेन्टफर्डलाई हराए । गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र न्युकासलले गोलरहित बराबरी खेलेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *