‘मेरो डान्स युनिभर्स’ विजेता पोखराकी रिस्ता गुरुङले म्युजिक भिडियोमा गरिन् डेब्यू
काठमाडौं । ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता पोखराकी रिस्ता गुरुङले संगीत भिडियोमार्फत आफ्नो कलात्मक यात्रा सुरु गरेकी छन्। हङकङबाट प्रतिनिधित्व गर्ने रिस्ताले यसअघि नृत्यमार्फत दर्शकको मन जितेकी थिइन्।
उनको डेब्यू रहेको भिडियोमा मौसम गुरुङ र देवी धर्तीको स्वर रहेको गीत समावेश गरिएको छ। गीतमा संगीत मौसम गुरुङले भरेका छन् भने शब्द रमेश बिजीले लेखेका हुन्।
भिडियोमा रिस्ताले चर्चित कलाकार आनन्द गुरुङसँग स्क्रिन सेयर गरेकी छन्। साथै जुना गुरुङ, रिना गुरुङलगायतका कलाकारहरूको पनि सहभागिता छ।
गीतलाई छायांकन राजेश घिमिरेले गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी उमेश गुरुङले गरेका छन्। भिडियो निर्माण खुसी इभेन्ट्सले गरेको हो।
Facebook Comment