रुकुम पश्चिममा पहिरोले पुरिएर एक महिलाको मृत्यु
काठमाडौं । त्रिवेणी, रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका–१, छिङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान भेँडाबाख्रा चराउन जाँदै गरेकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको हो । वडाध्यक्ष ज्ञानुचन्द्र चन्दका अनुसार उनीसँगै रहेका भेँडा र बाख्राहरू पनि पहिरोमा परेका छन् ।
बिहान घरबाट हिँडेकी मल्ल अबेरसम्म नफर्केपछि परिवारका सदस्यले खोजी गर्दा पहिरोले पुरिएको अवस्थामा उनको शव फेला पारेका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा शव बाहिर निकालिएको वडाध्यक्ष चन्दले जानकारी दिए ।
Facebook Comment