नेपालसँगको सम्बन्ध गहिरो र विशेष: प्रधानमन्त्री मोदी
काठमाडौं । चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। यस भेटपछि प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध अत्यन्त गहिरो र विशेष रहेको भन्दै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।’
यो भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। दुवै देशका प्रधानमन्त्रीहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीनमा छन्। उनीहरूबीचको यस भेटलाई क्षेत्रीय सहयोग र द्विपक्षीय सम्बन्धको दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
Facebook Comment