अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा २० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै आइतबार राति अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६ रेक्टर स्केलको भूकम्प गएको हो।

नान्गारहार र कुनार प्रान्तमा २० भन्दा बढीको मृत्यु भएको छ, भूकम्पमा १०० भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा गएको भूकम्पपछि धेरैको मृत्यु भएको आशंका गरिएको छ। दुर्गम ग्रामीण क्षेत्रमा भूकम्प गएकोले धेरै जना घाइते भएको आशंका गरिएको छ।

तालिबान सरकारी अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्। केही क्षेत्रहरू पहिरो र बाढीका कारण उद्धारमा कठिनाई भएको छ। सरकारले हवाई र स्थलमार्गबाट ​​घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै आएको छ।

कुनार प्रान्तका अर्का अधिकारीले भने, “मृत्युको संख्या भयानक छ”। केही क्षेत्रहरूमा मोबाइल नेटवर्कहरूले काम गरिरहेका छैनन् भने अन्य भागहरूमा पहिरो र बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्। घाइतेहरूको उपचार र ओसारपसार गर्न चिकित्सा कर्मचारी बोकेका हेलिकप्टरहरू कुनार प्रान्तमा आइपुगेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *