‘हर्क साम्पाङ जिन्दाबाद’ नारासहित काठमाडौँमा उत्साहपूर्ण स्वागत

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौँ आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरूले भव्य र्‍यालीसहित स्वागत गरेका छन्। मोटरसाइकल र्‍यालीमा सहभागी भएर समर्थकहरूले उनलाई स्वागत गरेका हुन्।

आफूलाई गरिएको स्वागतबाट प्रभावित भएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘कुनै दिन राजधानीमा “हर्क साम्पाङ जिन्दावाद” को नारा गुञ्जिनेछ भन्ने मैले सोचेको थिइनँ! सायद यो मेरो देशभक्ति र निष्ठाको प्रतिफल हुन सक्छ! सबैलाई धन्यवाद!’

पानीको समस्या समाधानका लागि गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्नेदेखि एक्लै प्रदर्शन गर्नेसम्मका उनका गतिविधिहरूले काठमाडौँमा पनि उल्लेख्य समर्थक कमाएका छन्। मेयर साम्पाङले आफ्ना समर्थकहरूलाई भेट्ने चाहना राखेको उनको सचिवालयले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *