खाली खुट्टा गणेशको दर्शन गर्न पुगे सलमान

सलमान खान आफ्नो अभिनयमात्र होइन । आफ्ना कामबाट पनि चर्चामा आइरहन्छन् ।

अहिले उनको चर्चा भगवान गणेशको दर्शनबाट चुलिएको छ ।

सलमान आफ्नो सुरक्षा टोलीसहित महाराष्ट्रका मन्त्रीको घरमा पुगेका छन् ।

गणेशउत्सवको बेला सलमान महाराष्ट्रका मन्त्री आशीष शेलारको घरमा पुगे । उनी खाली खुट्टा देखिएका थिए । उनका सुरक्षागार्डले भने जुत्ता लगाएका थिए ।

देखिएका भिडियोमा सलमानले हात जोडेर आर्शिवाद लिएको, टीका लगाएको देखिएको छ।

महाराष्ट्रको मन्त्रीले सलमानसँगको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘एक्टर सलमान खान हाम्रो बान्द्रा वेस्ट पब्लिक गणेशउत्सवमा गणेश दर्शन गर्न आए।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *