बैंकिङ प्रणालीमा पैसाको चाप, राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता (पैसा) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले २५ दिनका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरेर बोलकबोलमार्फत रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार संकलन गरिएको रकमको मूलधन (साँवा) तथा ब्याज असोज १२ गते फिर्ता गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणकमा मात्र प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
Facebook Comment