प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गते भ्रमणका लागि प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर सम्बोधन गरेका छन्। उनले चीन, भारत, रुस लगायतका विश्व नेतासँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए।
सोही अवसरमा उनी ८०औँ विजय उत्सवको विशेष सैनिक परेडमा सहभागी भएका थिए। नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको छ।
प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू रघुजी पन्त, बद्रीप्रसाद पाण्डे, सांसदहरू पूर्णबहादुर खड्का, छविलाल विश्वकर्मा, तथा उच्चस्तरीय सरकारी अधिकारीहरू पनि उपस्थित थिए।
Facebook Comment