‘कातिल नजर’मा प्रमोद खरेलको स्वर, बुद्धि सुवेदीका मार्मिक शब्दले छोयो मन
काठमाडौं । गीतकार बुद्धि सुवेदीको शब्द र गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कातिल नजर’ सार्वजनिक गरिएको छ। “पल–पल तिम्रो याद आउँछ किन होला, मन चरिले तिम्रै गीत गाउँछ किन होला” जस्ता हृदयस्पर्शी पंक्तिहरू समेटिएको यो गीतले प्रेम र वियोगको भावनालाई उजागर गर्छ।
गीतमा संगीत ध्रुप विश्को विश्वकर्माले भरेका छन् भने नरेन्द्र वियोगीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। रेकर्डिङ इन्जिनियरको रूपमा सामुल थामीले काम गरेका छन्।
गीतको भिडियोमा जीबी चिरन र आश्विनी शाहीको अभिनय रहेको छ, जसले गीतको भावलाई थप जीवन्त बनाएको छ। उक्त भिडियो यूट्युबमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
‘कातिल नजर’ले प्रेम, सम्झना र भावनात्मक तानाबानालाई स्पर्श गर्दै श्रोताको हृदयमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीत शब्द, स्वर र दृश्यात्मक प्रस्तुतिमा उत्कृष्ट संयोजन भएको दर्शकहरूको प्रतिक्रिया पाइँदैछ।
Facebook Comment