झुम्का कारागारमा भाइरल ज्वरो : तीन कैदीको मृत्यु, सयौँ बिरामी

काठमाडौं । सुनसरीको झुम्कास्थित झुम्का कारागारमा भाइरल ज्वरो फैलिँदा तीन कैदीको मृत्यु भएको छ भने सयौँ बिरामी परेका छन्।

बुधबार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। यसअघि सोमबार गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राईको ज्यान गइसकेको थियो।

तीनजनाको मृत्युपछि जिल्ला सुरक्षा समितिले बुधबार रातिदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बिहीबार बिहानसम्म ५५३ कैदीबन्दीको स्वास्थ्य परीक्षण भइसकेको र उच्च ज्वरो देखिएका १९ जनालाई बीपी प्रतिष्ठान पठाइएको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए।

झुम्का कारागारमा हाल १ हजार ७९४ कैदीबन्दी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *