मेटा नेपालमा दर्ता प्रक्रिया बुझ्दै, सरकारसँग सम्पर्कमा
काठमाडौं । नेपाल सरकारले आधिकारिक दर्ता नभएसम्म सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने निर्णय गरेपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले सरकारसँग सम्पर्क गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार मेटाले नेपालमा दर्ता हुनुपर्ने प्रक्रिया र आवश्यक विवरणबारे जानकारी मागेको छ। उनले भने, “मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ र दर्ता प्रक्रियाका प्रावधानहरू के के छन् भनेर जानकारी मागेको छ।”
पौडेलले मेटाले मागेको विवरण मन्त्रालयबाट उपलब्ध गराइने पनि स्पष्ट पारे। यसअघि सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्ने विदेशी कम्पनीहरूलाई नेपालमा दर्ता अनिवार्य गर्ने निर्णय गरेको थियो।
Facebook Comment