संविधान दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा आज बसेको सर्वपक्षीय भेलाले भव्य रूपमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन गरेको हो ।

संविधान दिवसको तीनदिने कार्यक्रमअन्तर्गत असोज १ गते ‘संविधान सवल राष्ट्र निर्माणका आधार’ विषयक माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा बृहत् खेलकुद प्रतियोगिता गर्ने, असोज २ गते सार्वजनिक रक्तदान कार्यक्रम, उपयुक्त स्थानमा वृक्षरोपण गर्ने र असोज ३ गते बिहान प्रभातफेरिका लागि भुटनदेवी माविमा उपस्थित भई हेटौँडाको नगर परिक्रमा गरेर मुख्यमन्त्री कार्यालय परिसर पुगेर संविधान दिवसको कार्यक्रम हुने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी असोज ४ गते विभिन्न मन्त्रालयमा सरसफाइ गर्ने, हेटौँडाको बुद्धचोकमा राष्ट्रिय झण्डा फहराउने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *