एक्स र विच्याटले पनि नेपालमा सूचीकरणमा चासो देखाए

काठमाडौं । नेपाल सरकारले अनधिकृत रूपमा सञ्चालन भइरहेका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्देशन दिएसँगै केही कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता हुने चासो देखाएका छन्।

बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जाल प्रयोगमा समस्या देखिएको हो।

मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार बन्द गरिएका सामाजिक सञ्जालमध्ये एक्स (पूर्व ट्विटर) र विच्याटका प्रतिनिधिले नेपालमा सूचीकरणको विषयमा चासो देखाएका छन्।
“एक्स र विच्याटले चासो देखाएका छन्, तर अहिलेसम्म आधिकारिक निवेदन भने आएको छैन,” पौड्यालले जानकारी दिए।

यसअघि बिहीबार नै ‘हाम्रो पात्रो’ ले निवेदन दिएको र सूचीकरण प्रक्रियामा प्रवेश गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै, फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीका प्रतिनिधिले सिंगापुरमार्फत सम्पर्क गरी आवश्यक प्रक्रिया र कागजातबारे विवरण मागेका छन्।

मन्त्रालयले सम्पर्क गर्ने प्रतिनिधिहरूलाई आधिकारिक इमेलमार्फत दर्ता प्रक्रिया र आवश्यक पर्ने कागजातबारे विस्तृत विवरण उपलब्ध गराइसकेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *