एनिमल नेपाल र उपमहानगरपालिकाको साझा पहल: जनावर उद्धार अब सजिलो
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ।
उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमका अनुसार दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज बनाउने उद्देश्यले यो सेवा सुरू गरिएको हो। ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उक्त एम्बुलेन्स उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उनले जानकारी दिए।
नेपालगञ्जमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएको अवस्थामा एम्बुलेन्स सञ्चालनलाई महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
उपमहानगर प्रमुख प्रशान्त विष्टले एम्बुलेन्सको अधिकतम उपयोग गर्दै पशु उद्धार र व्यवस्थापनमा सहजता ल्याइने विश्वास व्यक्त गरे। त्यस्तै, एनिमल नेपालकी अध्यक्ष शोभा रायमाझीले जनावरको उपचार र संरक्षणलाई प्रभावकारी बनाउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताइन्।


Facebook Comment