एमालेको परराष्ट्र नीति: ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो परराष्ट्र नीति सात बुँदामा प्रस्तुत गर्दै स्पष्ट संकेत दिएको छ कि पार्टीको दृष्टिकोण ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने मान्यतामा आधारित छ।

एमालेको परराष्ट्र नीतिका मुख्य बुँदाहरू यसप्रकार छन्:

स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध

सबैसँग मित्रता, कसैसँग शत्रुता छैन

व्यापक सहयोग र साझेदारी

सार्थक क्षेत्रीय सहयोग

परिणाममुखी बहुपक्षीयता

स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता

न्यायपूर्ण, समतामूलक विश्वव्यवस्था तथा मानवतामा आधुनिक प्रविधिको प्रयोग

प्रतिवेदनमा भनिएको छ, “विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रबीच ध्रुवीकरण र विभाजनका बहाना हुनुहुँदैन। विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गर्नुपर्छ। कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्न सक्दैन। हाम्रो संस्कृति, सभ्यता र पहिचान तथा अविकसित र विकासशील देशहरूसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ।”

साथै, प्रतिवेदनले राष्ट्रहरूको सार्वभौम सत्ता, राष्ट्रिय सम्मान र समान अधिकारको पक्षमा आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ। विवादहरूको शान्तिपूर्ण समाधान खोज्ने र श्रमिक वर्गको हितमा विश्व व्यवस्थालाई पुनः आकार दिने उद्देश्य पनि यस नीतिमा समेटिएको छ।

एमालेको यो नीति स्पष्ट रूपमा मित्रतापूर्ण, समतामूलक र बहुपक्षीय साझेदारीमा केन्द्रित रहेको छ, जसले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा स्वतन्त्र र सन्तुलित पहिचान स्थापित गर्ने लक्ष्य राखेको देखिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *