काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौँडा–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय धनबहादुर स्याङतानको किराना पसलमा सामान किन्ने क्रममा चट्याङ खस्दा प्रजाको ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा पठाइएको छ।


Facebook Comment