“छोराको मृत्युको न्याय चाहिन्छ” — माइतीघरमा आमाको आँसु
काठमाडौं । बैतडीकी राजमती कोली आफ्नो मृतक छोराको न्यायका लागि काठमाडौंको माइतीघर मण्डलामा विगत चार दिनदेखि धर्नामा बसेकी छन्। छोरा किरण कोलीको असमय मृत्यु भए पनि दोषीमाथि कारबाही नहुँदा न्यायका लागि आन्दोलित बन्नु परेको उनको पीडा छ।
गत साउन १७ गते किरणको ज्यान सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालसँग जोडिएको घटनामा गएको थियो। आरोपअनुसार मन्त्री पालले निर्माण गर्न लागेको पेट्रोलपम्पका लागि बैतडीको गिरीबगडस्थित चमेलिया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरिएको थियो। ती अवैध रूपमा थुपारिएका बालुवामाथि चढ्दा करेन्ट लागेर किरणको मृत्यु भएको हो।
Facebook Comment