Gen Z को र्यालीमा स्वार्थ नदेखाउनुस् : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेन जेड (Gen Z) पुस्ताले आयोजना गर्न लागेको विरोध र्यालीलाई समर्थन जनाउँदै नेताहरू र अभियन्ताहरूलाई स्वार्थ देखाएर ‘बाठो’ नबन्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सोमबार देशव्यापी विरोध हुने घोषणा भएको छ। सो तयारीबीच मेयर बालेनले आइतबार फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, “भोलिको र्याली स्पष्ट रूपमा स्वतःस्फूर्त Gen Z को हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि बुढो देखिन सक्छु। म उमेर हदका कारण प्रत्यक्ष सहभागी हुन सक्दिनँ, तर उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न चाहन्छु। यो र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला।”
युवाप्रति शुभेच्छा व्यक्त गर्दै उनले थप लेखेका छन्, “प्रिय Gen Z, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”
Facebook Comment