जेनजी आन्दोलनः ट्रमा सेन्टरमा थप एकको मृत्यु, मृतक संख्या १५ पुग्यो
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा जारी ‘जेन जी’ आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ।
योसहित ट्रमा सेन्टरमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
अस्पतालगत मृतक विवरण:
राष्ट्रिय ट्रमा सेन्टर — ७ जना
सिभिल (निजामती) अस्पताल — ३ जना
एभरेस्ट अस्पताल, बानेश्वर — ३ जना
काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल — १ जना
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज — १ जना
हालसम्म विभिन्न अस्पतालमा कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको पुष्टि भएको छ।
घाइतेहरूको अवस्था अस्पष्ट
अस्पतालहरूमा घाइतेहरूको ओसारपसार लगातार भइरहेकाले यकिन संख्या पुष्टि हुन सकेको छैन। तर, सयौं घाइते भएका अनुमान गरिँदैछ, जसमा धेरैको अवस्था गम्भीर रहेको अस्पताल स्रोतहरूले जनाएका छन्।
Facebook Comment