नेपाली सेनाले भन्यो- एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्छन्
काठमाडौं । नेपाल आर्मीले निषेधाज्ञा जारी गरेर सुरक्षा जिम्मा लिएपछि अत्यावश्यक बाहेकका सवारी नचलाउन आग्रह गरेको छ ।
सेनाले आज जारी गरेको विज्ञप्तिमा सहयोग पुर्याउन आग्रह गर्दै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्ने जनाएको छ ।
आवश्यक सतर्कतासहित सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।
Facebook Comment