रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु लागू हुने
काठमाडौं । रौतहटका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विकुमार खड्काले शुक्रबार सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जनाएका छन्।
अत्यावश्यक कामका लागि भने आज साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ। आदेशको अवधिमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, सभा, बैठक, प्रदर्शन गर्नुका साथै पर्चा–पम्पलेट टाँस्ने वा लेख्ने कार्य पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ।


Facebook Comment