राजेश पायलले जेनजीसँग मागे सञ्चार–पर्यटन मन्त्रालय
काठमाडौं । गायक राजेश पायल राईले जेन–जी पुस्तालाई आफूलाई सञ्चार तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन्।
अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले आफूलाई नभनिएको भए पनि, आफू सञ्चार र पर्यटनको नेतृत्व गर्न सक्ने दाबी गरेका छन्।
पायलले पर्यटन र सङ्गीतको विकासमा राम्रो जानकारी रहेको बताउँदै, “असंभव केही छैन, आँट गर्दा सम्भव हुने कामलाई सम्भव बनाउन म तयार छु,” बताएका छन्।
साथै, उनले आफूले सबैभन्दा धेरै विदेश भ्रमण गरेको दाबी गर्दै, यदि कसैले विश्वास नगरे, पासपोर्ट हेरेर प्रमाणित गर्न सकिने उल्लेख गरेका छन्।



Facebook Comment