अन्तरिम प्रधानमन्त्रीको कार्यकक्ष नयाँ गृह मन्त्रालय भवनमा तयार
काठमाडौं । गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिएको छ।
नयाँ सरकार गठनको तयारीसँगै कार्यकक्ष व्यवस्थापन थालिएको हो। जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि वैकल्पिक कार्यालयको खोजी गरिएको थियो।
हाल सिंहदरबार परिसरमै अन्तिम चरणमा पुगेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग गर्न लागिएको हो। आवश्यक सामग्री व्यवस्थापन र सरसफाइ सम्पन्न भइसकेको छ।
आन्दोलनका क्रममा अन्य भवनहरू जलाइए पनि निर्माणाधीन यो भवन भने सुरक्षित रहन सफल भएको थियो। यसअघि सिंहदरबारको मुख्य भवनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा थियो।
Facebook Comment