राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीबारका दिन हुने भएको छ।

विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिक परिवर्तनको परिणामस्वरूप आफ्नो कार्यकाल पूरा नगरी विघटनमा पुगेको हो। नयाँ जनादेशका लागि तोकिएको निर्वाचनलाई ऐतिहासिक मोडका रूपमा लिने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *