देशभर साधारण बदली, कोशी–गण्डकीका पहाडमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने पहाडी भू–भागका केही स्थान र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाड र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *