बुन्डेसलिगामा लेभरकुजनको पहिलो जित, ग्रिमाल्डोको दोहोरो गोलले चम्कियो टिम
काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर लेभरकुजनले नयाँ सिजनको पहिलो जित निकाल्दै लय समातेको छ। शुक्रबार राति भएको खेलमा उसले इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–१ ले हरायो।
यस जितसँगै लेभरकुजनले तीन खेलबाट चार अंक जोडेको छ भने फ्रान्कफर्टले पहिलो हार व्यहोरे पनि छ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ।
लेभरकुजनका लागि एलेहान्द्रो ग्रिमाल्डो नायक बने। उनले दुई गोल शानदार फ्रि–किकमार्फत गर्दै टिमलाई जिताए। योसँगै नयाँ प्रशिक्षक कास्पर ह्युलमन्डले विजयी सुरुआत गरेका छन्। लेभरकुजनले केही समयअघि प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो।
खेलको अन्त्यतिर नौ खेलाडीमा सीमित भए पनि लेभरकुजनले परिणाम आफ्नो पक्षमा सुरक्षित राख्न सफल भयो।
शुक्रबार युरोपका अन्य शीर्ष लिगका खेलमा स्पेनी ला लिगामा सेभिया र एल्चेबीच २–२ को बराबरी भयो भने फ्रान्सेली लिग वानमा मार्सेले लोरेन्टलाई ४–० ले पराजित गर्यो।


Facebook Comment