नयाँ सरकार गठनसँगै देशभर शान्ति र जनजीवन सामान्य हुँदै

काठमाडौं – नयाँ सरकार गठन भएयता देशभरको जनजीवन पुनः सामान्य हुँदै गएको छ। केही दिनअघि मुलुकका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यू र निषेधाज्ञा क्रमशः खुकुलो हुँदै गएको छ।

जनताले फेरि आफ्ना पेशा, व्यवसाय र दैनिक गतिविधिमा संलग्न हुन थालेका छन्। युवापुस्तासहित सम्पूर्ण नागरिकमा खुसी र उत्साहको वातावरण व्याप्त छ। मुलुकको शान्ति सुरक्षा स्थिति पनि क्रमशः सुधार हुँदै गएको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेनजी पुस्ताको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।

सरकारले आम नागरिकको चाहना अनुसार मुलुकमा शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ताको हस्तान्तरण गर्ने योजना बनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *