झापामा मोटरसाइकल दुर्घटना, पछाडि सवार एकजनाको मृत्यु

काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ का ६० वर्षीय सोमनाथ दंगाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शुक्रबार साँझ करिब साढे ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–७ स्थित बिरिङ पुल नजिक बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक कनकाई–२ का ३८ वर्षीय दिनेश कुमार थपलिया र पछाडि सवार दंगाल दुबै घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोडमा पुर्‍याइएको थियो। उपचारकै क्रममा दंगालको आज बिहान ६ बजे निधन भएको प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *