चोरी काण्डमा संलग्न शिक्षक विद्यालयबाट बर्खास्त
काठमाडौं । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी गरेको पाइएको शिक्षकलाई पदमुक्त गरेको छ।
विद्यालयले जारी गरेको विज्ञप्तिअनुसार, शिक्षक शिवशङ्कर शुक्लालाई आजैदेखि लागू हुनेगरी बर्खास्त गरिएको छ। जेनजी आन्दोलनका क्रममा उनी सुपरमार्केटमा चोरी गर्दै गरेको दृश्य सार्वजनिक भएपछि विद्यालयले तत्काल कारबाही गरेको हो।
प्रधानाध्यापक दिनेश थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् कि शिक्षकको यस्तो अनुशासनहीन गतिविधि विद्यालयको प्रतिष्ठाका लागि हानिकारक भएकोले तत्काल कदम चालिएको हो।
यस कदमले विद्यालयले विद्यार्थी र समुदायप्रतिको जिम्मेवारी र अनुशासन कायम राख्न कति गम्भीर छ भन्ने देखाउँछ।



Facebook Comment