काभ्रेपलाञ्चोकमा नगद र सुनसहित युवक पक्राउ

काठमाडौं । नमोबुद्द नगरपालिका–२, भकुण्डेबेसीमा प्रहरीले स्रोत नखुलेको नगद र सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार, काठमाडौंबाट सिरहा जाँदै गरेको बा प्र १–००६ ख ९१७३ नम्बरको इभी गाडीमा गमरिया नगरपालिका–२ का २८ वर्षीय नरेशकुमार यादवको झोला जाँच गर्दा ३ लाख ५० हजार ३ सय रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको सुनका गहना बरामद गरिएको हो।

बरामद सुनमा छड्के तिलहरी एक थान (७५ लाल, मूल्य १,६१,८८८ रुपैयाँ), मङ्गलसुत्र एक थान (१२.६ लाल, मूल्य २,५९,१२१ रुपैयाँ), बेरुवा औंठी एक थान (६३.३ लाल, मूल्य ३,००,९८५ रुपैयाँ) र सिक्री तीन थान (२.३२ तोला, मूल्य ५,००,१२५ रुपैयाँ) समावेश छन्।

सोमबार र मङ्गलबार काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा लुटपाटका घटना भएपछिको अनुसन्धानको क्रममा यादव पक्राउ परेका हुन्।

जिल्ला प्रहरी काभ्रेका अनुसार, उक्त नगद र गहना आफ्नै हो वा चोरीको हो भनी प्रमाणित गर्न सक्नेले सक्कली कागजातसहित प्रहरीसँग सम्पर्क गर्न सक्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *