सोमबारदेखि काठमाडौंका विद्यालय सञ्चालन, आइतबारदेखि शिक्षक–कर्मचारी उपस्थित हुनुपर्ने

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थाका कारण बन्द भएका काठमाडौं महानगर क्षेत्रका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाले जारी गरेको निर्णय अनुसार पठनपाठन नियमित गर्ने तयारी मिलाइएको हो।

शिक्षक तथा कर्मचारीलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित भई प्रशासनिक कामकाज र सरसफाई गर्न अनुरोध गरिएको छ। विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा महानगरलाई विवरण उपलब्ध गराउन पनि भनिएको छ।

महानगरको सूचनामा अभिभावकलाई आफ्ना बालबालिकाको अवस्था बुझ्न सम्पर्कमा रहन र अवस्था सामान्य नहुन्जेल विद्यार्थीलाई विद्यालय ल्याउने–लैजाने जिम्मेवारी स्वयं लिन अनुरोध गरिएको छ। अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई भने भर्चुअल कक्षामार्फत पठनपाठनको व्यवस्था मिलाइने भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *